६ आश्विन २०८३, मंगलबार | Tue Sep 22 2026

नुवाकोटमा तारमा मान्छे चढेपछि ६ घण्टादेखि ६५ मेगावाट बिजुली बन्द



काठमाडौँ ।
नुवाकोटको ककनी गाउँपालिका ७ मा उच्च भोल्टेज क्षमताको प्रसारण लाइनमा मान्छे चढेपछि देशभरको विद्युत् व्यवस्थापन प्रणाली अस्तव्यस्त भएको छ । नेपाल विद्युत् प्राधिकरणकाअनुसार बिहान ११ बजेदेखि करिब ६५ मेगावाट बिजुली प्रणालीभन्दा बाहिर छ ।

‘६ घण्टादेखि माथिल्लो त्रिशूली ३ ए र अर्को ५ मेगावाट जतिको सानो आयोजनाको बिजुली प्रसारण प्रभावित भएको छ,’ प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईले भने, ‘प्रणालीमा त्यत्ति ठूलो परिमाणमा बिजुली अभाव भएपछि लोड व्यवस्थापनका लागि कतै लाइन काट्ने, कतै कम क्षमतामा बिजुली पठाउने गरिरहेका छौं । भारतबाट पनि बिजुली ल्याइएको छ ।’

प्रसारण लाइनमा चढेका व्यक्ति मानसिक सन्तुलन ठीक नरहेको बुझिएको छ । ती व्यक्ति पोलमा चढ्न थालेपछि करेन्ट लाग्न सक्ने भन्दै प्राधिकरणले उक्त प्रसारणलाइनको बिजुली काटेको थियो ।

प्रकाशित मिति : २८ जेष्ठ २०७९ शनिबार ००:००  ५ : ५१ बजे