८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

दाङमा सादा पोशाकको प्रहरीभन्दै ठगी गर्ने एक जना पक्राउ



दाङ ।

घोराहीबाट नक्कली प्रहरी सहायक निरीक्षक सई पक्राउ परेका छन्। पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका १३ का ३८ वर्षीय अर्जुन थापा मगर रहेका छन्।

थापाले आफू सादा पोशाकका प्रहरीको सई भएको भन्दै होटेलहरूमा ठगी गर्दै हिँडेको भन्ने सूचना प्रहरीका धारमा प्रहरीले उनलाई पक्राउ गरेको हो।

अनुसन्धान अधिकृत सन्दिप बेलबासेले थापाले होटेल सञ्चालकसँग अनुचित लाभ लिएर हिँडेको र त्यसरी ठगी गरेको पाएपछि थापालाई पक्राउ गरेको उनले बताए।

प्रकाशित मिति : २८ जेष्ठ २०७९ शनिबार ००:००  १ : २४ बजे