चितवन । अण्डाको मुल्य घटेपछि देशभरका लेयर्स कुखुरा पालक कृषकको भेलाले नेपाल अण्डा उत्पादक सङ्घले तोकेको मूल्यभन्दा कममा अण्डा बिक्री नगर्ने निर्णय गरेको छ । भेलाले मूल्य अझै घट्दै गएमा अण्डा नष्ट गर्ने तर बिक्री नगर्ने निर्णय गरेको सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । अण्डाको वर्तमान बजार अवस्था सुधार गर्नका लागि उत्पादक र आन्तरिक व्यापारबीच…