पाल्पा । रामपुर नगरपालिका–७, मलेङ्गका नारायणप्रसाद भट्टराईले रु एक लाख ऋण लिई शुरु गर्नुभएको गाईपालनबाट अहिले मासिक ४० देखि ५० हजारसम्म आम्दानी गरिरहनु भएको छ । अहिले भट्टराईको फार्ममा १३ गाई छन् । दैनिक ४० लिटर दूध उत्पादन हुन्छ । दुई वर्ष मलेसिया, तीन वर्ष युनाइटेड अरब इमिरेटस् (युएइ) तथा एक वर्ष कतारमा काम गर्नु…