जनकपुर ।अन्नभण्डारका रुपमा रहेको मधेश प्रदेशमा कृषिकर्म गर्नेमध्ये ४३ प्रतिशत परिवारलाई आफ्नो उत्पादनले वर्षभरी खान नपुग्ने गरेको पाइएको छ । राष्ट्रिय कृषि गणना–२०७८ अनुसार मधेशमा सात लाख ३८ हजार तीन सय ४० कृषक परिवारमध्ये ४३ प्रतिशत परिवारलाई आफ्नै उत्पादनले वर्षभरी खान नपुग्ने गरेको पाइएको हो । नेपालको कुल जनसङ्ख्यामध्ये ६१ लाख १४ हजार छ सय…