१६ मंसिर २०८२, मंगलबार | Tue Dec 2 2025

बागलुङको पाखो जग्गा बन्यो कागती बगैँचा

गलकोट ।भिरालो पाखो जमिन । चारैतिर झाडीले घेरिएको । जनशक्ति अभावमा बाँझिएको उक्त जग्गाले पाँच वर्षपछि हराभरा होला भनेर कसैले सोचेकै थिएनन् । पाँच वर्षअघिको झाडीले घेरिएको बाँझो जग्गाको अहिले स्वरुप फेरिएर हराभरा मात्रै बनेन पहिलोपटक कागती बिक्रीबाट रु छ लाख कमाइ गर्‍यो । बाँझो जग्गामा कागतीको सम्भावना देखेका बागलुङको गलकोट-११ रिघाका ३५ वर्षीय दानबहादुर…