संजीव गहतराज, चन्द्रौटा । शिवराज नगरपालिकाले पूर्ण साक्षर नगर घोषणा गर्नका लागि विद्यालयहरुलाई परिचालन गर्ने भएको छ । विहीबार बसेको पुर्ण साक्षर नगर घोषणा समितिको बैठकमा नगरका माध्यमिक तहका ८ वटा विद्यालयलाई परिचालन गर्ने बैठकका अध्यक्ष नगर प्रमुख नेत्रराज अधिकारीले जानकारी दिनुभयो । गत वर्षहरुमा संचालन भएका साक्षरता कार्याक्रमहरु प्रभावकारी नभएकोले अब माध्यमिक विद्यालयका विद्यार्थी…