सिद्धार्थनगर। असार दोस्रो सातादेखि बन्द रहेको बुटवलस्थित सिद्धार्थ केबलकार पुनःसञ्चालनमा आएको छ । बुटवल र पाल्पाको तिनाउस्थित नुवाकोटगढी जोड्ने केबलकारको थप पूर्वाधार निर्माण र सिस्टम अपग्रेटसँगै पुनः सञ्चालनमा आएको हो । बटम स्टेसन र टप स्टेसनमा थप पूर्वाधार निर्माण तथा प्रणालीमा सुधार गर्नका लागि असारको दोस्रो हप्तादेखि बन्द गरिएको सिद्धार्थ केबलकार साउनको दोस्रो हप्तादेखि नियमित…