नेपालगन्ज । जिल्ला प्रहरी कार्यालय बाँकेले सार्वजनिक गरेको पुस महिनाको प्रहरी प्रतिवेदनमा एक महिनाको अवधिमा १११ वटा सवारी दुर्घटना भएको खुलेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक पातलीले पुस महिनामा जिल्लामा १११ वटा सवारी दुर्घटना भएको बताउनुभयो । यो अवधिमा दुर्घटनामा परेर ६ जनाको मृत्यु भएको छ भने १६० जना…