भैरहवा।लुम्बिनी प्रदेशकी प्रदेश सभा सदस्य गीता गुरुङले पदबाट राजीनामा दिनुभएको छ । गुरुङले लुम्बिनीका सभामुख तुलाराम घर्तीमगरलाई पठाएको पत्रमा जनताले तिरेको करबाट पाउने पारिश्रमिक लिन उपयुक्त छैन भन्ने लागेर राजीनामा दिएको बेहोरा उल्लेख गर्नुभएको छ । उहाँको राजीनामा भने सामाजिक सञ्जालमा उहाँका श्रीमान् कैलाश गुरुङले सार्वजनिक गर्नुभएको हो । राजीनामा कतै दर्ता भएको छैन । गीता अहिले कहाँ हुनुहुन्छ…