१२ असार २०८३, शुक्रबार | Sat Jun 27 2026

गुल्मीमा ट्रयाक्टरबाट खसेर २२ वर्षीय परिचालकको मृत्यु

गुल्मी । गुल्मीको मुसीकोट नगरपालिका–२ देउरालीमा हिजो साँझ ट्रयाक्टरबाट खसेर परिचालकको मृत्यु भएको छ । मृत्यु हुनेमा गुल्मीकै मालिका गाउँपालिका–२ का २२ वर्षीय दिपक परियार रहेका छन् । तम्घासबाट पौदी अमराईतर्फ जाँदै गरेको लु २ त ५६०३ नम्बरको ट्रयाक्टरबाट हिजो साँझ ६ बजे उनी खसेका थिए । ट्रयाक्टरबाट खस्दा गम्भीर घाइते भएका उनको उपचारका क्रममा…