१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

रुपन्देहीको गैडहवास्थित एनआइसी बैंकमा आगलागी



बुटवल ।

रुपन्देहीको गैडहवास्थित एनआइसी बैकंमा आगलागी भएको छ । जिल्लाको गैडहवा गाउँपालिका–३ को कार्यालय नजिकै बिष्णुपुरामा रहेको एनआइसि एसियाको शाखाको कार्यालयमा आगलागी भएको हो ।

गयराति पौने ९ बजेको समयमा एक्कासी बैकंको कर्यालयमा आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीबाट एसि, पंखा, कम्पयुटर लगायतका साम्रगी जले पनि महत्वूर्ण कागजपत्र भने सुरक्षति रहेका छन् । विद्युट सर्ट भएर आगोलागी भएको हुन सक्ने र घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २० श्रावण २०७९ शुक्रबार ००:००  १२ : ०५ बजे