१३ भदौ २०८३, शनिबार | Sat Aug 29 2026

कपिलवस्तुको तिलौराकोटमा मौर्यकालीन पर्खालको भग्नावशेष फेला

कपिलवस्तु । बुद्धस्थल तिलौराकोटको मध्य भागमा रहेको पोखरीको दक्षिणतर्फको संरचना उत्खनन गर्दा मौर्यकालीन इँटाले बनेका पर्खालको भग्नावशेष फेला परेका छन् । पर्खालमा ४७ सेन्टिमिटर लामो, २६ देखि २८ सेन्टिमिटर चौडा र ७ सेन्टिमिटर मोटो इँटा प्रयोग गरेको पाइएको छ । ‘९÷१० तह गहिरो पर्खाल भेटिएको छ,’ उत्खननमा संलग्न लुम्बिनी विकास कोषका पुरातत्त्व अधिकृत हिमाल उप्रेतीले…