रुकुम पूर्व । रुकुम पूर्वको सिस्ने गाउँपालिका–२ प्वाङको बुर्केसल्ला जङ्गलमा भेटिएका १० वटा सकेट बम डिस्पोज गरिएको छ । हिजो बिहीवार कालो प्लास्टिकको ड्रमभित्र लुकाइ राखेको अवस्थामा फेला पारिएका सकेट बम आज शुक्रवार डिस्पोज गरिएको हो । रुकुमकोटबाट गएको नेपाली सेनाको टोलीले दिउँसो बम डिस्पोज गरेको वडाध्यक्ष जीवन केसीले जानकारी दिनुभयो । कालो ड्रमबाहिर रहेका…