१४ असार २०८३, आइतबार | Mon Jun 29 2026

बाँकेमा बाघको आक्रमणबाट एक पुरुषको मृत्यु

बाँके । राप्तीसोनारी गाउँपालिका वडा नम्बर ६ बाँकेका ६० बर्षीय धनबहादुर चलाउनेको बाघको आक्रमणबाट मृत्यु भएको छ । राप्ती पीडित सामुदायिक वनमा घाँस दाउरा गर्न गएका चलाउनेलाई बाघले शनिवार बिहान ८ बजेतिर आक्रमण लगेको थियो । प्रहरीको टोली र स्थानीयहले खोजतलास गर्दा उनको शब १० बजेतिर फेला पारेको थियो ।