दाङ । लुम्बिनी प्रदेशमा अहिलेसम्म ३२ लाख ७३ हजार ३२९ जनाले कोरोनाविरुद्धको पहिलो डोज खोप लगाएका छन्। स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालयको स्वास्थ्य निर्देशनालयले सोमबार घोराहीमा एक कार्यक्रम आयोजना गरी जनाएको हो। तीमध्ये २४ लाख २६ हजार ६८० जनाले दोस्रो डोज खोप लगाएका छन्। प्रदेशभर १२ वर्षमाथिका ३९ लाख ६७ हजार ६७४ जना व्यक्ति…