गुल्मी। गुल्मीमा सुतिरहेको अवस्थामा एक मजदुर मृत फेला परेका छन्। जिल्लाको मदाने गाउँपालिका –६, दुल्लीघाटमा ५२ वर्षीय शिवराम खड्का मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक (डिएसपी) गंगाबहादुर सारुले जानकारी दिनुभयो। प्रहरी नायब उपरीक्षक सारुका अनुसार खड्का रोल्पा लुङग्री गाउँपालिका –२ का बासिन्दा हुन्। उहाँ विगत केही समयदेखि…