गुल्मी ।पर्यटन प्रर्वद्धनको लागि गुल्मीमा पहिलो पटक प्याराग्लाइडिङ महोत्सव गरिएपछि स्थानीयबासी र सरोकारवाला उत्साहित भएका छन् । गुल्मीको मालिका गाउँपालिकाले जिल्लामै पहिलो पटक प्याराग्लाईडीङ्क अर्थात कुनै एक अग्लो स्थानबाट प्यारासुटको सहायताले उडान भरेर अर्को सम्म परेको भूमिमा अवतरण गर्ने साहसिक खेल महोत्सव गरेको हो । मालिका गाउँपालिकाको देउराली डाँडाबाट सफल परिक्षणलगतै आयोजना गरिएको प्याराग्लाईडीङ्क महोत्सवमा…