गुल्मी ।भारतमा कोरोना संक्रमणको दर बढेसँगै गुल्मीमा सतर्कता अपनाउन थालिएको छ । जिल्ला प्रशासन कार्यालय गुल्मीले भिडभाड, जुलुस तथा ¥याली गर्न रोक लगाएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बुधबार बसेको बैठकले संक्रमण बढ्न नदिन स्वास्थ्य मापदण्ड पालना गर्न सूचना जारी गरेको प्रमुख जिल्ला अधिकारी रुद्रदेवी शर्माले बताइन् । आउन लागेको फागु पर्व पनि…