५ कार्तिक २०८३, बुधबार | Thu Oct 22 2026

सगरमाथा सिमेन्ट उद्योगविरुद्ध मुद्दा

दाङ ।घोराही उपमहानगरपालिका वडा नम्बर ३ र ४ गोग्लीमा रहेको सगरमाथा सिमेन्ट उद्योगविरुद्ध स्थानीयवासीले उच्च अदालत तुलसीपुरमा मुद्दा दायर गरेका छन्। उद्योगबाट निस्कने धुलो, धुँवा र ध्वनि प्रदूषणले नागरिकको स्वास्थ्यमा नकारात्मक प्रभाव पारेकाले प्रदूषणजन्य कुनै पनि कार्य नगर्नु नगराउनु भनी परमादेशको आदेश माग्दै २१ जनाले संयुक्तरूपमा मुद्दा दायर गरेका हुन्। रिटमा मानव बस्तीबीचमा स्थापना गरिएको…