५ कार्तिक २०८३, बुधबार | Wed Oct 21 2026

पाल्पामा दिवा खाजा कार्यक्रमले विद्यार्थी बढे

पाल्पा ।जिल्लाको रम्भा गाउँपालिकामा कक्षा ८ सम्मका बालबालिकालाई दिवा खाजा कार्यक्रम सञ्चालनमा ल्याइएको छ । सो कार्यक्रम सञ्चालनमा ल्याएपछि विद्यार्थी नियमितरुपमा कक्षा कोठामा उपस्थिति हुन थालेको विद्यालयले जनाएको छ । रम्भा गाउँपालिका शिक्षा शाखा संयोजक काशीराम बस्यालले कक्षा ५ सम्ममा सञ्चालित दिवा खाजा कार्यक्रम यस आर्थिक वर्षदेखि कक्षा ८ सम्मका बालबालिकालाई पनि प्रदान गरिएको बताउनुभयो…