७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

अल्लोका सामान बिक्नै छाड्यो, उद्योग नै बन्द हुने खतरामा



रुकुम पूर्व ।
जिल्लाका स्थानीयले सञ्चालन गरिराखेको अल्लोका घरेलु उद्योग बन्द हुने अवस्थामा पुगेको छ । कच्चा पदार्थ उत्पादन र प्रशोधन गरी बनाइएको अल्लोका सामग्रीले उचित बजार नपाएपछि व्यवसाय नै धरापमा परेको हो ।

जिल्लाभित्रका विभिन्न व्यक्तिले अल्लो प्रशोधन र त्यसबाट बनाइने सामग्रीबारे सीप, ज्ञान प्राप्त गरेर अल्लोका घरेलु उद्योग सञ्चालन गरेपनि उक्त सामग्रीले परिश्रम अनुसारको आम्दानी नहुँदा उद्यमी चिन्तित छन् ।

जिल्लाको ३ वटै स्थानीय तहमै प्रशस्त मात्रामा अल्लोको कच्चा पदार्थ पाएपनि उत्पादित सामग्रीको मूल्य परिश्रमअनुसार नपाउँदा अल्लो उद्योग सञ्चालनमा समस्या भइरहेको पुथाउत्तरगंगा गाउँपालिका–१४ जामाबगरस्थित सिर्जनशील अल्लो उद्योगका सञ्चालक गौसरी पुनले बताइन । जामा बगरमा विगत ६ वर्षदेखि व्यवसायिक ढंगले उद्योग सञ्चालन गरेपनि अल्लोबाट बनेका सामग्रीले भनेजस्तो बजार र परिश्रम अनुसार मूल्य नपाउँदा उद्योग सञ्चालनमा समस्या भइरहेको पुनको भनाइ छ ।

अल्लोको रेसा निकालेर सुकाउने, पकाउने कुट्नेजस्ता प्रक्रियाबाट सामग्री बनाउनुपर्छ । तर, गाउँमा बेच्दा बजार र श्रम अनुसारको आम्दानी नहुने तथा रुकुमकोट र रुकुम पश्चिमको सदरमुकाम खलंगासम्म पु¥याउँदा सास्ती ब्यहोर्नुपरेको उनले बताइन् ।

प्रकाशित मिति : १५ माघ २०७७ बिहिबार ००:००  ८ : २१ बजे