दाङ । बुधवार दाङको घोराहीमा राजतन्त्रका पक्षमा र्याली निकालिएको छ। घोराहीस्थित ट्राफिक चोकवाट मध्यान्न मोटरसाइकल र कारसहितको र्याली निकालिएको हो।झन्डै अढाइ सय मोटरसाइकल र कारसहितको र्यालीले बजारका विभिन्न भागको परिक्रमा गरेको थियो। र्यालीका सहभागीले ‘राजा आउ देश बचाउ,’ ‘गणतन्त्र धोका हो’, ‘हिन्दु राज्यसहितको राजतन्त्र चाहिन्छ’ जस्ता नारा लगाएका थिए। र्यालीका सहभागीले राष्ट्रिय झण्डा बोकेका थिए।…