तिनाउ । भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट फेब्रुअरीमा छ हजार ७७९ यात्रुको आवागमन भएको छ । विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरु भएपछि फेब्रुअरीमा अहिलेसम्मकै सबैभन्दा धेरै यात्रु आएको विमानस्थलका महाप्रबन्धक प्रतावबाबु तिवारीले जानकारी दिनुभयो । फेब्रुअरीमा ११५ उडान अवतरणमार्फत छ हजार ७७९ यात्रुको आवागमन भएको हो । फ्लाई दुबईबाट दुई हजार ४०३, जजिरा एयरवेजबाट तीन हजार…