१३ भदौ २०८३, शनिबार | Sun Aug 30 2026

देउखुरीमा जग्गा किनबेच तथा कित्ताकाट रोक्नुस्ः मुख्यमन्त्री

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले प्रदेश राजधानी राप्ती उपत्यकामा हुन सक्ने गैरकानुनी जग्गाको किनबेच तथा अतिक्रमण रोक्न निर्देशन दिनुभएको छ । प्रदेशको राजधानी र नामाकरणपछि बिहीबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका कर्मचारीलाई निर्देशन दिँदै उहाँले त्यस क्षेत्रमा गुरुयोजनाको टुङ्गो नलाग्दासम्म नयाँ घर पनि बन्न रोक्नुपर्ने बताउनुभयो । प्रदेश सरकारले यसअघि दाङको राप्ती, गढवा गाउँपालिकाको…