बाँके । नेपालगन्जस्थित भेरी अस्पतालले स्वेच्छिक रुपमा आरटी–पिसिआर विधिबाट कोरोना जाँचको शुल्क निर्धारण गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको कोभिड–१९ राष्ट्रिय परीक्षण निर्देशिकाले तोकेको भन्दा बाहिरकाले कोरोना जाँच गराए दुई हजार दुई सय रुपैयाँ शुल्क तिर्नुपर्ने भएको छ। अस्पताल व्यवस्थापन समितिको बिहीबार बसेको बैठकले शुल्क निर्धारण गरेको भेरी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष…