१३ भदौ २०८३, शनिबार | Sat Aug 29 2026

आइसोलेशनबाट कोरोनाका विरामी फरार

नेपालगञ्ज । कोरोना भाइरसको संक्रमण देखिएपछि आइसोलेशन सेन्टरमा राखिएका बाँकेका एक थुनुवा फरार भएको प्रहरीले जनाएको छ । खजुरास्थित कृषि तालिम केन्द्रमा रहेको आइसोलेशनबाट थुनुवा भागेका हुन् । बाँके प्रहरीले लागुऔषध कोरेक्ससहित नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अघि बढाइएका थुनुवालाई संक्रमण देखिएपछि आइसोलेशन सेन्टरमा पठाइएको थियो। भदौ ५ गते आइसोलेशन सेन्टरमा पठाइएका थुनुवा आइतबार भागेका हुन्…