बुटवल । सिद्धार्थ राजमार्गको बुटवल तानसेन सडकखण्ड ३ घण्टापछि सुचारु भएको छ । उक्त सडकखण्डको सिद्धबाबा मन्दिर नजिकै पहिरो जाँदा बिहान ६ बजेदेखि बाटो अवरुद्ध भएको थियो । त्यस्तै, जोर्धारामा पनि पहिरो गएको थियो । दुवै पहिरो हटाएपछि सडक सुचारु भएको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ । त्यस्तै, कपिलवस्तु शिवराज नगरपालिका-१ दोबोटामा…