पाल्पा । पहिरोले तीन दिनदेखि अवरुद्ध सिद्धार्थ राजमार्ग आज दिउँसो एकतर्फी रूपमा खुलाइएको छ । पाल्पाको तिनाउ गाउँपालिका, पैठेडाँडामा सोमबार साँझ खसेको पहिरो हटाइएपछि दिउँसो १ बजेदेखि सडक सञ्चालनमा आएको हो । दोभान बजारदेखि सय मिटरनजिकै ठूलो ढुंगासहित खसेको पहिरो पन्छाइएपछि सडकमा एकतर्फी सवारीसाधन चलाइएको जिल्ला ट्राफिक प्रहरी प्रमुख पृथ्वीनारायण काफ्लेले जानकारी दिनुभयो । डोजर,…