मायादेवी अनलाइन, चारनम्बर । अनपेक्षित तरिकाले कोरोनाको संक्रमित व्यक्तिहरु बढेपछि गरिएको कपिलवस्तु सिलको प्रभाव मंगलबार विहानै देखि परेको छ । पछिल्लो एक साताभित्र जिल्लामा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेपछि सोमबार साँझ ५ बजेदेखि जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले जिल्ला पूर्णरुपमा सिल गरेको छ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि सरकारले लकडाउन जारी…