मायादेवी अनलाइन, चारनम्बर । प्रदेश सरकारले कपिलवस्तु बहुमुखी क्याम्पसमा आइसोलेसन बेड तयार गर्ने भएको छ । विहीबार बसेको प्रदेश ५ मन्त्रीपरिषद बैठकले कोरोना संक्रमितको संख्यालाई मध्यनजर गरी यस्तो निर्णय गरेको हो । बुधबार जिल्ला प्रशासन कार्यालय कपिलवस्तुमा बसेको जिल्ला सुरक्षा समितिको बैठकले कपिलवस्तु बहुमुखी क्याम्पसमा कोरोना अस्थायी अस्पताल बनाउन प्रदेश ५ सरकारसंग पहल गर्ने निर्णय…