दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ मा कोरोना सङ्क्रमित भनिएका एक जना अझै भेटिएका छैनन् । शुक्रबार बेलुका कोरोना पुष्टि भएका ३४ वर्षीय पुरुष फेला नपरेका हुन् । सङ्क्रमित भनिएका एक जनाले फोन गरेर आफ्नो रिपोर्ट नेगेटिभ आएको बताएपछि सङ्क्रमित को हुन् भनेर बिहानैदेखि खोजी भइरहेको तुलसीपुरका कोरोना सम्पर्क व्यक्ति विमल केसीले बताउनुभयो…