पाल्पा । लकडाउनको मौका छोपी मेडिकलबाट लागुऔषध बेचेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । तानसेन नगरपालिका–७ बर्तुङस्थित सरस्वती मेडिकल हलकी सञ्चालक सरस्वती खनाल, छोराहरू प्रकाश र विवेक कार्कीलाई पक्राउ गरिएको हो । अवैध औषधि बिक्री भइरहेको सूचनाका आधारमा खानतलासी गर्दा मेडिकल हलमा रहेको भान्सा कोठाबाट ३ सय ग्राम गाँजा फेला परेको प्रहरीले जनाएको…