पाल्पा । पाल्पाको तानसेनमा मृगौलाको डायलाइसिस सेवा संचालनमा आएको छ । तानसेन नगरपालिकास्थित बन्दीपोखरामा १० वटा अत्याधुनिक मेशिनबाट मृगौलाको डायलाइसिस सेवा शुरु गरिएको हो । पाल्पा जिल्लासंगै गुल्मी, पुर्वी अर्घाखांची र स्याङजाको पश्चिम क्षेत्रका नियमित डायलाइसिस गर्नुपर्ने मृगौलाका बिरामीलाई लक्षित गरी पाल्पामा मृगौला उपचार सेवा संचालनमा ल्याइएको हो । पाल्पामा मृगौलासम्बन्धी उपचार नहुंदा बुटवल, भैरहवा,…