बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा अब हप्ताको सातै दिन प्रसूति शल्यक्रिया सेवा उपलब्ध हुने भएको छ । अस्पतालले प्रसूति सेवाका लागि छुट्टै अपरेशन कक्ष सञ्चालनमा ल्याएपछि सातै दिन प्रसूति सेवा शल्यक्रियाको सुविधा उपलब्ध गराउने भएको हो । अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा। इन्द्र ढकालले अस्पतालमा आठ शैयाको रिकभरी वार्ड तथा १५ शय्याको पोष्ट अपरेटिभ शय्यासहित…