२१ बैशाख २०८३, सोमबार | Mon May 4 2026

दाङका किसानलाई धान काट्ने चटारो, उत्पादन बढ्ने अपेक्षा

दाङ ।जिल्लाको दङ्गीशरण गाउँपालिका–३ का ६२ वर्षीय शोभा जैसी शुक्रबार बिहान ७ बजे धान काट्दै थिए। उनले भने, “अहिले तिहार नजिकै भए पनि खेतमा धान पाकेर पहेँलै भएकाले बिहानदेखि बेलुकासम्म खेतमै हुने गरेका छौँ ।” उनले थपे, “यस वर्ष समयमै वर्षा भएपछि रोपाइँ पनि समयमै गर्न पाइएको थियो । धानखेती राम्रो भएको छ, उत्पादन बढ्नेमा…