दाङ । राप्ती आँखा अस्पताल दाङबाट डेढ लाख बढीले आखाँको नयाँ दृष्टि पाएका छन् । आँखा अस्पताल र यसअन्तर्गत सञ्चालित उपचार केन्द्रहरुबाट एक लाख ६६ हजार सात सय २ जना बिरामीको मोतियाबिन्दुको शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ । तीमध्ये ३४ हजार ३२ जनाको निःशुल्क शल्यक्रिया गरिएको अस्पतालका वरिष्ठ प्रशासकीय अधिकृत शम्शेर थापाले जानकारी दिए ।…