बाँके । विद्यार्थीलाई परीक्षामा उत्तीर्ण गराइदिन्छु भन्दै रकम मागेको आरोपमा दाङको घोराहीस्थित श्री मावि, रझेनामा कार्यरत शिक्षक गणेश केसीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल, सम्पर्क कार्यालय नेपालगन्जको टोलीले नियन्त्रणमा लिएको छ । डिप्लोमा इन सिभिल इन्जिनियरिङको प्रवेश परीक्षामा उत्तीर्ण गराइदिन्छु भन्दै परीक्षार्थीसँग घुस मागेको उजुरीको आधारमा १० हजार रुपैयाँ सहित केसीलाई पक्राउ गरिएको आयोगको…