काठमाडौं । अविरल वर्षा गराउने मनसुनी न्यून चापीय रेखा आज (बुधबार) देखि नेपालबाट हटेकाले वर्षा कम हुने अनुमान मौसमविद्ले गरेका छन् । मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् विभूति पोखरेलले उक्त रेखा बिस्तारै दक्षिणतर्फ सर्दै आजदेखि भारत प्रवेश गरेकाले अब वर्षा कम हुने जानकारी दिएकी हुन् । ‘तर त्यसो भनेर वर्षा नै नहुने भने होइन,’ उनले भनिन्,…