बुटवल । बुटवल–पाल्पा सडकखण्डको सिद्धबाबा नजिकै पहिरो गई अवरुद्ध बनेको सडक २० घण्टापछि एकतर्फी रुपमा सञ्चालनमा आएको छ । शनिबार दिउँसो पहिरो गएर अवरुद्ध बनेको सडक पहिरो हटाइएपछि एकतर्फी सञ्चालनमा आएको हो । हिजो अपरान्ह तिन बजेतिर सडकमा गुडिरहेको मोटरसाइकलमाथि खसेको ढुङ्गे पहिरोले मोटरसाइकल बगाउदा पाल्पाको निस्दी गाउँपालिका ४ मित्याल निबासि ३१ वर्षीय धन बहादुर…