१२ भदौ २०८३, शुक्रबार | Fri Aug 28 2026

करेन्ट लागेर पूर्वप्रहरी सहायक निरीक्षकको मृत्यु

बर्दिया । बर्दियामा करेन्ट लागेर एक पूर्वप्रहरीको बुधबार मृत्यु भएको छ । गुलरिया नगरपालिका–६ बस्ने पूर्वप्रहरी सहायक निरीक्षक लालबहादुर गुरुङको मृत्यु भएको हो । पिपलमा चढेर सेउला काट्ने क्रममा करेन्ट लागेर गुरुङको मृत्यु भएको प्रहरी नायब उपरीक्षक मदनजित महराले जानकारी दिए ।