१ पुस २०८२, मंगलबार | Tue Dec 16 2025

गिट्टी कुटेर जीवन धान्दै कुमाल दम्पती

बेझाड (पाल्पा) । रामपुर नगरपालिका–६ तिलकपुर बस्ने जुद्धबहादुर कुमाल र उहाँकी श्रीमती फुलमायालाई गिट्टी नकुटेसम्म साँझ बिहानको हातमुख जोर्ने अर्को उपाय छैन । कालीगण्डकीका किनार, खोला छेउछाउमा दिनभर गिट्टी कुटेर कुमाल दम्पतीले जीवन धान्दै आउनुभएको छ । “बिहान उठ्यो खाना खायो, नदी खोला किनारमा पुग्यो गिट्टी कुट्यो साँझ अबेर घर फर्कने गर्छौं, यसरी नै निरन्तर…