अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिकामा वडा नम्बर ११ अमिलेमा शुक्रबार हजुरबुबाबाटै पाँच वर्षीया नातिनी बलात्कृत भएकी छिन् । सन्धिखर्क ११ डिभर्ना अमिले निवासी ६५ वर्षीय एक वृद्धलाई आफ्नै पाँच वर्षीया नातिनीलाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक नवराज मल्लले जानकारी दिनुभयो । जबरजस्ती करणीको बारेमा आमालाई बालिकाले बताएपछि आमाले प्रहरीलाई जानकारी दिएकी…