रुपन्देही । प्रदेश ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले वैदेशिक रोजगारीको व्यवस्थापन र स्वदेशमै रोजगारी सिर्जना गर्ने वातावरण निर्माण गर्न जरुरी रहेको बताउनुभएको छ ।आज रुपन्देहीको तिलोत्तमामा गरिएको ‘रोजगार तथा सामाजिक सुरक्षाको वर्तमान अवस्था र अबको बाटो’ विषयक सञ्चारकर्मीसँगको अन्तरक्रिया कार्यक्रममा उहाँले विदेशबाट फर्किएपछि पनि युवाहरुले सिकेका सीप र प्रविधिको सदुपयोग गर्न सक्ने अवस्था सिर्जना…