नवलपरासी । वर्षौंदेखि बसोबास गर्दै आएका जग्गाको जग्गाधनी प्रमाणपत्र आफ्नो नाममा नहुँदा यहाँका सुकुम्वासीले त्रासमा बस्नुपर्ने बाध्यता छ । तीस वर्षभन्दा बढी समयदेखि जङ्गल तथा खोला नजिकैको सार्वजनिक जग्गामा घर बनाएर बस्दै आएका उनीहरूको नाममा जग्गाधनी प्रमाणपत्र छैन् । पश्चिम नवलपरासीमा करीब आठ हजार सुकुम्वासी रहेको नेपाल बसोबास संरक्षण समाजका जिल्ला अध्यक्ष टिचन गुरुङले बताउनुभयो…