१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

ओली र दाहाललाई वैद्यको सुझावः पार्टीको नाम सोसियल डेमोक्रेटिक राख्नुस



बुटवल ।
नेकपा ९क्रान्तिकारी माओवादी० का महासचिव मोहन वैद्य किरणले नेपाली लगानीकर्तालाई प्रोत्साहन गर्नुको सट्टा सरकार लगानी सम्मेलनको नाममा प्रचारबाजीमा उत्रिएको बताएका छन् ।

‘भाषण र शब्दजालले मात्रै समृद्धि आउदैन, सरकारका गतिविधिले समृद्धिको लक्षण र सम्भावना देखाएन’,–बुटवलमा रिर्पोटर्स क्लबको कार्यक्रममा बोल्दै उनले भने । सरकारले जनताका कुरा सुन्नुको सट्टा लगानी सम्मेलन गरेर आफ्ना कुरा एकोहोरो प्रचार गरिरहेको उनको भनाई छ ।

‘प्रधानमन्त्री ओलीले आफ्नो कुरा मात्रै गर्नुहुन्छ कुरामै हो भने त उहाँले नेपालको विकास कहाँ पु¥याइसक्नु भयो, पानीजहाज, रेलगाडी कुदाइसक्नु भो, अहिले लगानी सम्मेलनमा नयाँ शब्द ल्याउनुभा’छ नेपाल भर्जिन ल्याण्ड रे, पहिले त देशभित्रैका लगानीकर्तालाई लगानी गर्ने वातावरण हुनुप¥यो नि, विदेशी लगानी ल्याउनुहुन्न भन्ने होइन कि, देशभित्रकै लगानीकर्तालाई पनि त हेर्नुप¥यो, हल्ला फिजाएर मात्रै त हुँदैन ।’

नेपालको प्रगतिका लागि स्वदेशी लगानीलाई प्राथमिकता दिनुपर्ने भन्दै उनले विदेशी लगानी ल्याउँदैमा मुलुक समृद्ध हुन नसक्ने उनले तर्क गरे । वैद्यले नेकपाको नेतृत्वमा बनेको सरकार शब्द शैयामा बसेर समृद्धिको सपना देखेको भन्दै त्यो पूरा गर्ने लक्षण नदेखाएको बताए ।

सत्तारुढ नेकपाले कम्युनिष्टको व्यवहार र काम नगरेको भन्दै नाम परिवर्तन गर्नुपर्ने तर्क गर्दै उनले भने–आफ्नो विचार, सिद्धान्त छोडेर हिँडेर सत्तास्वार्थमा अल्झिने, कांग्रेस, राप्रपा, राजपाका जस्तै गतिविधि गर्ने भएपछि किन नेकपा नाम राख्ने, सोसियल डेमोक्रेटिक पार्टी राख्नुस् भनेर भन्छु हेर्नुस् ।’

प्रकाशित मिति : १६ चैत्र २०७५ शनिबार ००:००  ७ : ०१ बजे