२८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026

उच्च प्रविधिबाट अर्घाखाँचीका गाँउ गाउँमा पानी

अर्घाखाँची । वर्षौंदेखि सञ्चालित खानेपानीका योजनाको मुहान सुकेपछि उच्च प्रविधिबाट खोलाको पानी डाँडामा तानेर वितरण गर्ने अभियान जिल्लाभर सुरु भएको छ । अग्ला पहाडमा पानीका ठूला मुहान पनि छैनन । सानातिना मूलमा पनि पानी भासिँदै गएपछि गाउँमा खानेपानीको अभाव बढदो छ । धेरै बस्तीमा पानीको दुःख थेग्न वर्षाको आकाशे पानी संकलन गर्न घरैपिच्छे घैंटा निर्माण गरिएको छ । घैंटामा…