दाङ, ४ माघ । बसको ठक्करबाट दाङको राप्ती गाउँपालिका–५ लठ्हवाका अर्जुन चौधरीको ज्यान गएको छ । पोखराबाट दाङको तुल्सीपुरकालागि छुटेको ना ५ ख ४६८६ नम्बरको बसले बुधबार राति ठक्करदिँदा पैदल यात्री १९ वर्षका चौधरीको ज्यान गएको हो । चौधरीलाई पूर्व–पश्चिम राजमार्ग अन्तर्गत दाङको मसुरियामा बसले ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते चौधरीको लमही अस्पतालमा…