गुल्मी, १३ पुस । गुल्मीको मुसिकोट नगरपालिका वडा नम्वर २ जलजले घर भई काठमाण्डौंमा कलाकारिता क्षेत्रमा क्रियाशील कलाकार विना थापाको बुधबार सडक दुर्घटनामा परी ज्यान गएको छ । दिउँसो काठमाण्डौकै वत्तीस पुतलीमा बा २ ख ८९४ नम्वरको पानी ट्याङ्करले ठक्कर दिँदा बा ५५ प १३८७ नम्वरको स्कुटरमा सवार २७ वर्षीया विनाको ज्यान गएको हो ।…