काठमाडौं । देशभर अहिले मौसम बदली भई धेरै स्थानमा हल्कादेखि मध्यम खालको वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्युन चापिय रेखा औसत भन्दा केहि माथि उठेका कारण त्यसको असर नेपालमा पनि देखिएको महाशाखाकी मौसमविद् गंगा नगरकोटीले जानकारी दिइन्। आज दिनभर नै देशका धेरैजसो स्थानमा मेघ गर्जन र चट्याङसहित…